कैलाली महोत्सव जान बिहीबार नेपालगन्जमा विश्राम लिएका भुवनले आफू अझै तन्नेरी भएको तर्क दिए। बाजा बजाएर बिहे गरेकी विजया अमेरिकामा लामो समय बसेपछि सुस्मितासँग सम्बन्ध गाँसेको बताए। तर, समयको खेलले गर्दा सुष्मिता र विजया दुवै अहिले साथीमा सीमित भएको उनले बताए।
अब बिहे गर्ने बेला निकै सोचविचार गर्ने भन्दै उनले योजना खुलाए, ‘मेरो जीवन चलाउने रिमोट कन्ट्रोल चाहिँ मेरै हातमा छ। छोरा, फ्यान र फिल्म उद्योगको हितलाई ध्यानमा राखेर पाइला चाल्छु।'
केटीसँग जोडिएका स्क्यान्डलको प्रसंग उठ्दा उनले आफू ३२ लक्षणले युक्त नभएको बताए। केही स्क्यान्डल आंशिक सत्य भएको स्विकार्दै उनले थपे, ‘धेरैजसो चाहिँ अलि बढाइचढाइँ गरिएका छन्।'
नयाँ फिल्म रिलिजका बेला नयाँनयाँ स्टन्ट गर्ने भुवन पाँचौं फिल्म 'साथी म तिम्रो' फिल्मको प्रवर्द्धनमा व्यापक लागेका छन्। उनले भने, ‘फिल्म चल्ने बेला मेरो अलि चर्चा हुन्छ। चर्चाका लागि स्क्यान्डल चाहिँ गरिँदैन।' यो फिल्ममा उनले सुष्मिताबाट जन्मेका छोरा अनमोललाई खेलाएका छन्।
'फिल्म हेर्न दर्शकले रुमाल लिएर हलभित्र पस्नु पर्ने छ। मेरो जीवनको करिब ६० प्रतिशत अंश यसको कथासँग मिल्छ,' उनले दावी गरे। फिल्ममा रेखा थापा, ऋचा घिमिरे लगायतको अभिनय छ। यो फिल्म हिट नभए आफूले फिल्ममा लगानी नगर्ने उनले घुर्की देखाए।
No comments:
Post a Comment